Date : 2023-04-19


विदेशी जेलमा रहेका नेपालीको उद्धार गर्न ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा एक हजारभन्दा बढी नेपाली जेलमा रहेकाले उद्वार गरेर स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा पूर्वमन्त्री समेत रहेका सांसद कार्कीले उक्त ध्यानाकर्षण गराएका हुन् । 

 

गतवर्ष १० खर्ब बढी रेमिट्यान्स पठाएर धर्मराउँदो अवस्थामा रहेका  नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा गएका युवायुवतीले उल्लेख्य योगदान गरेको स्मरण गर्दै सांसद कार्कीले उनीहरूको वैदेशिक रोजगारी सहज र सुरक्षित बनाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

 

सांसद कार्कीले विदेशी जेलमा रहेका कतिपय कामदार परिबन्दमा परेका निर्दाेषसमेत रहेकाले उनीहरूको उद्धार र रिहाइ हुनु जरुरी रहेको बताए ।